Paleti Talk - Kumar Subba (गायक कुमार सुब्बासँगको ऐतिहासिक कुराकानी)
Artist: Kumar Subba
'पलेँटी टक' नेपालयको अभिलेखमा रहेका कुराकानीलाई दर्शक श्रोता सामु ल्याउने उद्देश्यले निर्माण भएको कार्यक्रम हो । यस कार्यक्रममा पलेँटीका संयोजक; संगीतकार आभास र नेपाली संगीतमा स्थापित पुराना कलाकार बीचको वार्तालाप समेटिने गरिएको छ । 'पलेँटी टक'को यस अंकमा दार्जिलिङमै जीवन बिताएका प्रसिद्ध नेपालीभाषी गायक कुमार सुब्बासँगको वार्ता समेटिएको छ । यो कुराकानी कुमार सुब्बा सन् २००८ मा पलेँटीमा सहभागी हुन काठमाडौं आएका बखत छायांकन भएको हो ।