Paleti Talk - Meera Rana (गायिका मीरा राणासँगको ऐतिहासिक कुराकानी)
Artist: Meera Rana
'पलेँटी टक' नेपालयले आफ्नो अभिलेखमा रहेका वर्षौं पुराना छायांकनहरूलाई तपाईं सामु ल्याउने उद्देश्यले संचालित कार्यक्रम हो । यस कार्यक्रमलाई संगीतकार तथा गायक आभासले संयोजन गर्दै आएका छन् । उनले आफ्ना अग्रज कलाकारसँग विगतमा गरेका कुराकानीलाई नै यो कार्यक्रममा समेटिँदै ल्याइएको छ । 'पलेँटी टक'को यस अंकमा नेपाली आधुनिक सङ्गीतमा लोकप्रिय कण्ठ-सिल्पी मीरा राणासँगको कुराकानी समेटिएको छ । संगीतकार आभास र गायिका मीरा राणासँगको यो वार्तालाप सन् २०१० को फेब्रुवरी महिनामा छायांकन भएको हो ।