Paleti Talk - Phatteman (गायक फत्तेमानसँगको ऐतिहासिक कुराकानी)
Artist: Phatteman
पलेँटी टक' नेपालयले आफ्नो अभिलेखमा रहेका वर्षौं पुराना छायांकनहरूलाई तपाईं सामु ल्याउने उद्देश्यले संचालित कार्यक्रम हो । यस कार्यक्रमलाई संगीतकार तथा गायक आभासले संयोजन गर्दै आएका छन् । उनले आफ्ना अग्रज कलाकारसँग विगतमा गरेका कुराकानीलाई नै यो कार्यक्रममा समेटिँदै ल्याइएको छ । 'पलेँटी टक'को यस अंकमा नेपाली आधुनिक गायनका शिखर व्यक्तित्व गायक फत्तेमानसँगको कुराकानी समेटिएको छ । संगीतकार आभास र गायक फत्तेमानको यो वार्तालाप सन् २००७ मा छायांकन भएको हो ।