Lyrics: Ratna Shamsher Thapa
Original Singer: Prem Dhoj Pradhan
In Paleti: Phatteman
Composition: Prem-Manik

गोरेटो त्यो गाउं

गोरेटो त्यो गाउंको लौन आज
खोजी-खोजी थाकें नि
पहिल्याउन सकिनं, पहिल्याउन मैले सकिनं

एक्लासे वनमाझ बिराइ बाटो आज
अलमलिएं लौन म त
आवाज नपाई मायालु तिम्रो
वनदेवी भाकें नि
पहिल्याउन सकिनं, पहिल्याउन मैले सकिनं

झमक्क पर्‍यो सांझ, कहाँं बस्ने हो बास
एक्लो भएं लौन म त
खबर नपाई मायालु तिम्रो
दोधारैमा परें नि
पहिल्याउन सकिनं, पहिल्याउन मैले सकिनं

गोरेटो त्यो गाउंको लौन आज
खोजी-खोजी थाकें नि
पहिल्याउन सकिनं, पहिल्याउन मैले सकिनं