Lyrics: Bairagi Kainla
Composition: Amber Gurung
Original Singer: Shanti Thatal
In Paleti: Shanti Thatal

मेरो दु:खी मन

मेरो दु:खी मन सपना नखोज
कि बिउँझेर बाँच्नु मुस्किल छ मुस्किल
मेरो दु:खी मन सधैँ हार रोज
कि हारेर बाँच्नु मुस्किल छ मुस्किल

एउटा फूल डाक्छ सपनीभित्र
बिपनीमा भेट्छु पत्थर रहेछ
तिम्रो स्वप्न-सभा आएछु हिजो
आज माफी दिनु झुक्किएँ हिजो

खोज्छ शून्य मलाई रातमा सधैँ
आफैँलाई हराई खोज्दैछु आफैँ
तिम्रो तारा जून रोजेछु हिजो
आज माफी दिनु झुक्किएँ हिजो