Lyrics: Ambar Gurung
Composition: Ambar Gurung
Singer: Shanti Thatal
In Paleti: Shanti Thatal

सम्हालेर राख

सम्हालेर राख, संगालेर राख
फेरि फुल्ने हो कि होइन जीवनको फुल।
यसलाई राख, सांची साचीं राख
चाहे झरोस् बिरानीमा निसानी भाई फूल

तारा टिप्ने माया छैन, जुन झार्ने प्रीती छैन
छोटो जीवन धेरै बात् गर्ने यहाँ फुर्सद छैन
यसलाई सम्झ,मनमै गुनी राख
घरी घरी हुने होइन यस्तो मिठो भुल

हावा त्यस्तै छिर्ने छैन, तुफान त्यस्तै छिर्ने छैन
सपनाको जस्तो प्रीती गुथ्ने यहाँ रात छैन
यसलाई राख, नखसाई राख
फेरी फुल्ने हो कि होइन मायालुको फूल