Lyrics: Ishwor Ballav
Composition: Karma Yonzon
Original Singer: Kumar Subba
In Paleti: Kumar Subba

सम्हाल पछ्यौरी

सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भुइँमा
होइन भने जिन्दगानी आगो लगाइदिन्छु
नआऊ कतै जाऊ फेरि मेरो मनमा
होइन भने त्यही पीर फेरि बल्झाइदिन्छु

रोझेको हो तिमीलाई सारा फूलभरि
झरिदिन्छ सयपत्री कति छायाभरि
खोजेको हो तिमीलाई मेरो आँखाभरि
छरिदिन्छौ पीर व्यर्थै तिमी मुटुभरि
आकाश कहिले मेरो सङ्लो भैदेला
होइन भने पानी भई सबै भिजाइदिन्छु

लेखेको छु तिमीलाई मेरो गीतभित्र
नउम्कने पारी बाँधें मेरो भावभित्र
यसै मलाई माया लाग्छ तिम्रो जिन्दगीको
मलाई पनि छोपिदेऊ तिम्रो मुटुभरि
नछेक जोबनलाई बितिसक्यो बेला
होइन भने मलाई देऊ कतै राखिदिन्छु