Lyrics: Yadav Kharel
Composition: Natikaji
Original Singer: Phatteman
In Paleti: Phatteman

यस्तो पनि हुंदो रैछ
जिन्दगीमा कैले-कैले
कसैलाई माया गर्नु
एुउटा भुल गरें मैले
यस्तो पनी हुंदो रैछ

मेरो जस्तो माया दिने
तिमीलाई हजार होलान्
तिम्रो लागि मेरो जस्तो
हजार-हजार मुटु होलान्
जस्लाई आफ्नो सम्झेको थें
उही बिरानो भो अहिले
कसैलाई माया गर्नु
एउटा भुल गरें मैले

मेरो माया कुल्ची जाने
तिम्रो माया फलोस् फुलोस्
मेरो इच्छा मारी जाने
तिम्रो इच्छा सधैंं पुगोस्
उदास आंखा मेरा पनि
सपना देख्थे पहिले-पहिले
कसिअलाइन माया गर्नु
एउटा भुल गरें मैले।