अँधेरी खोला, अँगेरी टिप्दा
हातैमा सर्यो निर
न रोई जाने, न धोई जाने
यो कस्तो पार्यो पिर
खेत पनि छैन, घर पनि छैन
छ भन्नु एउटै प्यार
तेसैमा पनि खोज्दै छ खसम
उसैको अधिकार
न खाइसक्ने, न सहिसक्ने
यो कस्तो पार्यो पिर
उतानी लाई मुटुमा सिन्का
मर्ममा मलाई पीर
सबै र भन्दा पछाडी परि मै बने कमारी
रुपैको सिकार खेल्दैछ पापी मैलाई लघारी
न झिकिसक्ने, न खपिसक्ने
यो कस्तो पार्यो पीर
अगाडी पारि हानिदे तिर
पछाडी पारि पीर
रोऊ त भने प्रियको अघि
के भनि रोऊ मै
नरोऊ भने मनको पीर
कसरि धोऊ मै
न रोई जाने, न धोई जाने
यस्तो पार्यो पीर
न रोई जाने, न धोई जाने
यो कस्तो पार्यो पीर