बाबरीको फूल फूल्यो मनभरि छातीमा
बतासले उडाई लाँदा चोट पर्यो छातीमा
धेरै दुख्यो रेलिमाई ओठ सुक्यो चोटले
धेरै लुट्यो रेलिमाई निर्मोहीको मायाले
मुटुभित्र सजाई डुल्थें फलदानीकै फलसरि
इन्द्रेणीको फूलै राम्रो मोहनी गाँसै आँखाभरि
माया बस्यो रेलिमाई छाया पर्यो मुटुमा
छोडी जाँदा रेलिमाई चोट पर्यो छातीमा
उमेरमा सपना सबै खोजी हिंडें बैंसभरि
फक्रिएको फूलै दामी छोएँ आँखा आँखाभरि
जुन खस्यो रेलिमाई बिम्ब भई पानीमा
छाल उठ्यो रेलिमाई दुई आँखाको नानीमा