Bajai Premko Bansi - M.P. Gurung
बजाई प्रेमको बन्सी - एम.पी. गुरुङ
Singer: M.P. Gurung
Composer: M.P. Gurung
Lyricist: Unknown

सङ्गीत: एम.पी. गुरुङ
शब्द: अज्ञात
Lyrics
Nepali
Transliterated

बजाई प्रेमको बन्सी
प्रभु तिमीलाई रिझाउला
म आफ्नु स्वाँस पन्छीले
चमर तिमीलाई डुलाउला

पखालौंला चरण प्रभुको
विमल आँसुको थालीमा
यिनै आँखाको आँसुले
नयाँ जमुना बहाउला

सकिन्न भुल्न हे गोपाल
म तिम्रो बाल लीलालाई
गरी सेवा बनी सेवक
नेपाली नाम थामौंला