Banki Pareki Maya - Badri Durga Kharel
बान्की परेकी माया - बद्रि दुर्गा खरेल
Recorded live during 'Paleti with Badri Durga Kharel - July 2008'

शब्द: नोर्देन रुम्बा
दार्जिलिङको यो दाजु-भाइ जोडी नेपाल र दार्जिलिङको आधुनिक संगीत जगतमा मात्र होइन नेपालीभाषी फैलिएको सारा संसारमा रुचाइएको जोडी हो...
Lyrics
Nepali
Transliterated

बान्की परेको माया बान्की परेको
तिम्रो त मुस्कान नै बान्की परेको
लहसिहाल्ने, एकै चोटमा दिल बसिहाल्ने
तिम्रो जोवनलाई कसले बुटा भरेको

झ्यालबाट परेलीको जब तिमी हेर्छौ
धेरै छातिभित्र माया चोट लाग्न सक्छ
ओंठभरि तिमीलाई लजाएको देख्दा
लाख लाख इमानमा खोट लाग्न सक्छ

जुनेलीले जम्मै माया पोखिदिए जस्तो
चमेलीले मधुमास कपिदिए जस्तो
यस्तो लाग्छ माया मलाई तिमीलाई रच्दा
बिधाताले जम्मै कला सकिदिए जस्तो