किन जुन जग्मगाउँछ
मिन ताराहरू मुस्कुराउँछन्
के तिनीहरूलाई थाहा छैन
तिमी मेरो जीवनवाट गइसकेको
हाम्रो मायाको कसमहरूमा
जून पनि त साक्षी थियो
संगै बाँच्ने चाहानाहरूमा
फूलको सुगन्ध भरेको थियो
सारा बसन्त हाम्रो नै थियो
किन फूल खिलिखलाउँछ
किन झरना कल्कलाउँछ
के तिनीहरूलाई थाहा छैन
तिम्रो मेरो बाटो बेग्लै भइसकेको
हामी प्रणयको संसारभित्र
एउटै मुटु, धड्कन् भएथ्यौं