Manchhe Hos Ya - Shila Bahadur Moktan
मान्छे होस् या - शिला बहादुर मोक्तान
Recorded live during 'Paleti with Kunti Moktan and Shila Bahadur Moktan - December 2012'

शब्द: ज्योमो हिसे छ्योग्याम
Lyrics
Nepali
Transliterated

मान्छे होस् या अन्य प्राणी धर्तिमा नै बास
आफ्नै संसार रमाएर जिउने गर्छन् खास

ऐना हेर्दा सिसा भित्र आफ्नै छाया देख्छ
तर खोजि हेर्दा त्यहाँ सिसा मात्र भेट्छ
सूर्यलाई किरणसँगै पानी भित्र देखेँ
पाईन्न तर न्यानो त्यहाँ सत्य भनी लेखेँ

अरुलाई खोज्दै हिंड्दा आफु नै पो छैन
कसले देख्छ कसले छेक्छ, उडी जाने मैना
एकदिन मात्र बाँकी रह्यो, जीवन पाहुना रहेछ
जीवन हाम्रो हप्ता, महिना, बर्ष गर्दै गएछ