Mero Jivan - M.P. Gurung
मेरो जीवन - एम.पी. गुरुङ
Lyrics
Nepali
Transliterated

मेरो जीवन खै कस्तो
सबै भन्छन् साथीहरु
इन्द्रधनु जस्तो

हाँसो खोज्नेलाई सधैँ
हाँसोले नै पुजी दिएँ
आँसु रोज्नेलाई
आँसुले नै भिजाइ दिएँ
साथ माग्नेलाई पनि
साथी जस्तै बनिदिएँ

माया खोज्नेलाई सधैँ
मायाले नै बोलिदिएँ
मुटु छाम्छु भन्नेलाई
छातीसम्म खोलिदिएँ
गीत सुन्छु भन्नेलाई
गीत पनि गाइदिएँ