Phariya Lyaidechhan - Meena Niraula
फरिया ल्याइदेछन् - मीना निरौला
Recorded live during 'Paleti with Meena Niraula: Celebrating Women in Nepali Music - February 2019'

मूल गायन: हिरादेवी वाइबा
लोक गायिका हिरादेवी वाइबासँग पलेँटी कस्ने संजोग मिलाउन खोज्दाखोज्दै समयले हामीलाई साथ दिएन तर उहाँका सृजनालाई हाम्रो अभिलेखालयमा सँग्रहित गर्ने वैकल्पिक उपाय हुँदै रह्यो । त्यही क्रममा गायिका मीनाको स्वरमा हिरादेवी वाइबाको सुप्रसिद्ध गीत...
Lyrics
Nepali
Transliterated

बाँसको लिङ्गो म चरीलाई लै
नाँचीमा जाउँ कि त बरिलै लै

फरिया ल्याइदेछन् त्यै पनि राता घनन
त्यही पनि मन परेन भन्देऊ न भनन

भोजपुरैको लाछोमा डोरी बाटेर ल्याइदेऊ न
नेपालबाट नेपाली फरिया साटेर ल्याइदेऊ न
त्यही पनि मन परेन भन्देऊ न भनन

राँचीमाबाट पोतेमा डोरी किनेर ल्याइदेऊ न
काशीको चिनो विन्दुली टीका चुनेर ल्याइदेऊ न
त्यही पनि मन परेन भन्देऊ न भनन

चौताराको चौबन्दी चोली चुनेर ल्याइदेऊ न
पाटनैको पसलबाट पटुकी ल्याइदेऊ न
त्यही पनि मन परेन भन्देऊ न भनन

फरिया ल्याइदेछन् त्यै पनि राता घनन
त्यही पनि मन परेन भन्देऊ न भनन

खुर्सानी फल्यो नि तीन झ्याङमा
मायालु छोड्यो नि भञ्ज्याङमा