Phool Phulyo Maichang - Shantanu Kumar Limbu
फूल फुल्यो मैच्याङ - शान्तनु कुमार लिम्बु
Lyrics
Nepali
Transliterated

फूल फुल्यो मैच्याङ
देउराली पाखैमा
रुन्छ यो मन
न्याउली भाकैमा

चाप गुराँस बनमा फुल्दा
नाची हिंड़छ मेरो मन
न्याउलीको गीत सुनी
रुइदिन्छ मेरो मन
यो जीवन मैच्याङ
बाचूँन्जेल सम्मलाई
मरे पछि मैच्याङ
यो सबै माटोमा

चारैतिर हरियाली
देखी यो मन रमाउछ
झरनाको स्वर सुनी
मनले गीत गुनगुनाउछ
यो जीवन मैच्याङ
बाचूँन्जेल सम्मलाई
मरे पछि मैच्याङ
यो सबै माटोमा