फूलको तरेलीबाट
एउटा फूल ओइली झर्दा
सबै फूल झरे जस्तो लग्यो
नियालेर फेरि हेर्दा
कोपिला सबै नाँची रहेछन्
तन्द्राबाट झस्कि उठे
संसारै नै हाँसी रहेछन्
मुटुभरि माया तिम्रो
छल्किएर पोखिइ गयो
सबैलाई बाँटुभन्दा
परेलीमै अल्झी गयो
सम्झनाको झरीमा
मुना पलायो आशाको
अभागीलाई कहाँ जुर्थ्यो
भेल चल्यो निराशाको
सबैलाई अङ्गाली
हाँस्ने प्रयास गर्दा
टुटेको मनलाई फेरि
बाध्ने शाहस गर्दा
खोलिदिए मुटु दाङ्गै
संसारै अटाउने
तर पनि खाली खाली
लाग्छ यहाँ किन
अधुरो छ सबै आज
फेरि तिमी बिना