Pohar Sala Khushi Phatda - Amber Gurung
पोहोर साल खुशी फाट्दा - अम्बर गुरुङ
Recorded live during 'Paleti Festival with Amber Gurung, Phatteman, Shanti Thatal and Aavaas: Paleti Utsav 2012 - August 2012'

सङ्गीत: अम्बर गुरुङ
शब्द: राजेन्द्र थापा
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated

पोहोर साल खुशी फाट्दा
जतनगरि मनले टालेँ
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टालेँ
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो ?

सास फेरे जस्तो लाग्छ
तर भन्छन् मरी सकिस्
तेरो भाग्य यतिनै हो
भोगचलन गरी सकिस्
सलहको भाग्य मेरो
मर्ने बाच्ने ठेगान छैन
भाग्य फाटे सिउथेँ बरु
तर मन सिउने केले हो ?

सुख के हो दु:ख के हो
मनले खोज्ने खुशी के हो
भावीले निधारमा कर्म
लेखिदिने मसि के हो
कर्म लेख्ने मसि के हो
भाग्य तोक्ने कसी के हो
कर्म फुटे जोड्थेँ बरु
तर मन जोड्ने केले हो

पोहोर साल खुशी फाट्दा
जतनगरि मनले टालेँ
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टालेँ
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो ?