Samau Bhane - Ashok Rai
समाऊँ भने - अशोक राई
Recorded live during 'Paleti with Ashok Rai - August 2007'
Singer: Ashok Rai
Composer: Ashok Rai
Lyricist: Jas Yonjan Pyasi

गायक: अशोक राई
सङ्गीत: अशोक राई
शब्द: जस योञ्जन प्यासी
Lyrics
Nepali
Transliterated

समाऊँ भने हाँगा छैन, टेकुँ भने ठाउँ छैन
तिमी बिना अब मेरो, आफ्नो भन्ने कोही छैन

भेटेकालाई देखेकालाई सबै हाल सुनाइसकेँ
खोज्दा खोज्दै विश्वासहरू, आफैलाई हराई सकेँ
मझधारमा परेको छु, तारि दिने कोही छैन
तिमी पनि तर्कि गए मेरो बाँच्ने आशै छैन

चिनेकालाई जानेकालाई सबै कुरा भनिसकेँ
भन्दा भन्दै आफ्नो कुरा अब आफै थाकिसकेँ
बाटो बिर्सी बसेकी छु साथी पनि कोही छैन
तिमी पनि भागी गए अरूको झन् आशै छैन