Timilai Rojeko - Shantanu Kumar Limbu
तिमीलाई रोजेको - शान्तनु कुमार लिम्बु
Recorded live during 'Paleti with Shantanu Kumar Limbu - February 2008'

शब्द: पदम बहादुर राई
Lyrics
Nepali
Transliterated

तिमीलाई रोजेको चुँडेली यो मन मेरो
पीर बोकी पल पलको बेहाल छ कठै मेरो

आउछ्यौ कि सम्झी भनेर कुरी बसेँ देउराली
हजारौं दिन रात बीते, सपनाहरु लाखौ टुटे
तर आए पीरै पीर बल्झिएर मनमा मेरो
लुकाउन खोज्दा पीर टुट्यो अझ यो मन मेरो

भुलेऊ भनी भुल्न खोजेँ सम्झेर तिम्रा आँखाहरु
भुलेर पनि भुल्नु खोजेँ तिम्रा रसिला खित्काहरु
आए बितेका दिनहरु सजाएर महल पुरानु
उर्ले जमेका व्यथाहरु लुछेछन् यो मन मेरा