Paleti Talk - Badri Durga Kharel (साङ्गीतिक जोडी बद्री दुर्गा खरेलसँगको ऐतिहासिक कुराकानी)
'पलेँटी टक' पलेँटी शृङ्खलाको अभिलेखमा रहेका अग्रज कलाकारसँगको अन्तरवार्ताहरूलाई श्रोता दर्शक सामु राख्ने उद्देश्यले निर्माण गरिएको कार्यक्रम हो । यस शृङ्खलामा सांगीतिक पलेँटीका बखत विभिन्न संगीत कर्मीहरूसँग पलेँटी संयोजक आभासले गरेका अन्तरङ्ग कुराकानी समावेस भएका छन् । 'पलेँटी टक'को यस अंकमा नेपाली आधुनिक सङ्गीतमा लोकप्रिय दाजुभाइ जोडी बद्री दुर्गा खरेलसँगको कुराकानी समेटिएको छ । संगीतकार आभास र यस साङ्गीतिक जोडीसँगको यो वार्तालाप सन् २००८ को जुलाई महिनामा छायांकन भएको हो ।