Paleti Talk - Pratap Subba (गायक प्रताप सुब्बासँगको ऐतिहासिक कुराकानी)
Artist: Pratap Subba
'पलेँटी टक' पलेँटी शृङ्खलाको अभिलेखमा रहेका अग्रज कलाकारसँगको अन्तरवार्ताहरूलाई श्रोता दर्शक सामु राख्ने उद्देश्यले निर्माण गरिएको कार्यक्रम हो । यस शृङ्खलामा सांगीतिक पलेँटीका बखत विभिन्न संगीत कर्मीहरूसँग पलेँटी संयोजक आभासले गरेका अन्तरङ्ग कुराकानी समावेस भएका छन् । 'पलेँटी टक'को यस अंकमा भुटानका प्रथम नेपालीभाषी गायकका रुपमा चिनिएका लोकप्रिय गायक प्रताप सुब्बासँगको कुराकानी समेटिएको छ । संगीतकार आभास र प्रताप सुब्बासँगको यो वार्तालाप सन् २००८ को नोभेम्बर महिनामा छायांकन भएको हो ।