Aaja Pheri - Kumar Subba
Recorded live during 'Paleti with Kumar Subba - May 2008'
Singer: Kumar Subba
Composer: Basanta Chhetri
Lyricist: Nagendra Gorkha

सङ्गीत: बसन्त छेत्री
शब्द: नगेन्द्र गोर्खा
Lyrics
Nepali
Transliterated

आज फेरि तिम्रो सम्झना कसरी याद आयो
भुलि बिर्सेका रमाइलाहरु याद आयो
भुलि पठाउँ कि याद फेरि गरौं कि
चिठ्ठी फेरि लेखौं कि समाचार पठाऊँ कि
आज फेरि.....

आज फेरि तिम्रो याद कसरी कसरी फर्केर आयो
भुलिसकेका सम्झनाहरु याद बोकि आयो
छ माया भनौं कि छैन माया भनौ
बरु एउटा सम्झना चिठ्ठीमा पठाऊँ कि
आज फेरि......

आज फेरि अतीतहरु गहिरो गहिरो हुँदै आयो
बिर्सिसकेका सबै चोटहरु घाउ भएर दुख्न थाल्यो
चोट अझै दुखाऊँ कि भुलि पठाऊँ कि
मनको आँगनमा सम्भालेर राखौं कि
आज फेरि........