Aajasamma Jasari - Meera Rana
आजसम्म जसरी - मीरा राणा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Singer: Meera Rana
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan
Original Singer: Kumar Subba

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
मूल गायन: कुमार सुब्बा
Lyrics
Nepali
Transliterated

आजसम्म जसरी बाँचेर आएँ
त्यसरी रहेका दिन काट्न सक्छु
नदेऊ कोमल हातहरूको सहारा
मेरो भार आफै म थाम्न सक्छु

आँधी बतासमा म सास फेर्छु
निदाएका केही क्षण जो सुकैलाई हेर्छु
गएर कुनै फूल तिमी चाटिदेउ
म आफ्नै मुटुका घाउहरू चाट्छु
आजसम्म जसरी बाँचेर आएँ

बिश्वासहरुको लास बनाइ
अझै बाँचेको छु कुन्नि के को आशमा
गइ तिम्रो यौवन अरुलाई चढाऊ
अब प्यार किन्छु म कोठाकोठामा
आजसम्म जसरी बाँचेर आएँ