Aakhamaa Kehi - Shila Bahadur Moktan
Recorded live during 'Paleti with Kunti Moktan and Shila Bahadur Moktan - December 2012'
Lyrics
Nepali
Transliterated

आँखामा केही आश थियो
मुटुमा केही सास थियो
सायद तिमी पर्खनुमा
पर्खाइको कुनै राज थियो

सपनापछि सपना देखेँ
निरन्तर यही क्रम रह्यो
मैले माया लाएँ कि लाइन
मनमा सधैँ भ्रम भयो
शिशिरपछि आउने बसन्तझैँ
बहारमा कुनै रहश्य थियो

पिउदा पिउदै बेहोस हुने
जीवनको एउटा हार भयो
रहरपछि विश्वास तोडिने
सृष्टिको येही भूल भयो
कहिले हाँस्ने कहिले रुने
बहारमा कुनै रहस्य थियो