Aankha Judheko - Suraj Kumar Thapa
आँखा जुधेको - सुरज कुमार थापा
Recorded live during 'Paleti with CK Rasaili - April 2013'
Composer: CK Rasaili
Lyricist: Neer Shah
Original Singer: Prakash Shrestha

सङ्गीत: सिके रसाइली
शब्द: नीर शाह
मूल गायन: प्रकाश श्रेष्ठ
Lyrics
Nepali
Transliterated

आँखा जुधेको कतिदिन भयो
सँगसँगै हिंडेको कतिदिन भयो
प्राण दिने प्रण गरेको कतिदिन भयो

प्रत्येक उषादेखि साँझसम्म धेरै दिन संगत भयो
त्यही संगत गएर एकदिन प्रेममा परिणत भयो
हात समातेको कतिदिन भयो ढुकढुकी साटेको कतिदिन भयो
प्राण दिने प्रण गरेको कतिदिन भयो

म हाँसेर भन्थेँ तिमी रोएर सुन्थ्यौ
हाम्रो मिलन असम्भव भनेर
म रोएर सुन्थेँ तिमी हाँसेर भन्थ्यौ
जीवन केवल अनुभव भनेर
बाधा पुकाएको कतिदिन भयो
टाढा भएको कतिदिन भयो