Aankhadekhi - Kumar Subba
आँखादेखि - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba - May 2008'
Singer: Kumar Subba
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

आँखादेखि चिहाइ हेरेँ मन पनि फुकाइ हेरेँ
फूलभन्दा कोमल देखेँ, आफै भन्दा राम्रो देखेँ
मेरी मायालु

हिमालको सेतो सिउँदो बिहानीको सिन्दूरैमा
रंगिएका गाला तिम्रो गोधूलीको लजाइमा
त्यसैत्यसै झोलिएको त्यसैत्यसै मातिएको
बयानको बाहिर पाएं, वैंशालुको उफान देखें
मेरी मायालु.....

तर्सिएको आँखा भित्र चञ्चलताको आभाष पाएँ
खोलिएको ओठ भित्र जिन्दगीको हाँसो पाएँ
आफै भित्र भुलिएको कुन्नि कसलाई आज पाएँ
मैदानको छातिमा त रमाइलो किनार पाएँ
मेरी मायालु.....