आँखादेखि ओझेल भएँ बिर्सिदिन सकुँला कि भनेर
मुटु मिची हिंडे पनि कोही मेरो साथै हिंड्यो छाया बनेर
कस्तो बाटो हिंडिएछ फूल कतै देखिएन
काँडा धेरै थिए होलान् पाइला त्यता टेकिएन
मध्य दिनको व्यस्ततामा कोही मलाई किन भन्छ
किन भन्छ पर्खी भनेर
कतै लगी यो छटपटी बिसाइदिन पाए हुन्थ्यो
सागरभरि आकाशभरि मिसाइदिन पाए हुन्थ्यो
मध्यरातको एकाङ्कीमा कोही मलाई रुवाई रुन्छ
रुवाई रुन्छ पर्खी भनेर