Aankhaimaa Raat Gali - Suraj Kumar Thapa

आँखैमा रात गली - सुरज कुमार थापा

Recorded live during 'Paleti with Ratna Shamsher Thapa - June 2007'

सङ्गीत: नातीकाजी
मूल गायन: योगेश वैद्य
रत्न शमशेर थापाका शब्द र नातिकाजीको संगीतमा केही अद्वितीयत सृजना भएका छन् । ती सृजनामा गायक योगेश वैद्यको कण्ठको गुञ्जन थपिएपछिको माधुर्यले जोकोहीको मनलाई आकर्षित नगरी रहनै सक्दैन । त्यसैले त यो सृजनाको माधुर्य आजसम्म मनमोहक छ र नयाँ पुस्ताका सुरज थापासम्मले मनलगाइ गाएका छन् ।

Lyrics

आँखैमा रात गली शीतमा तारा डुबे
बाटैमा आँधी चले आशाका मुना उडे
आँखैमा रात गली

धुपी पिपल अनि लहरा पात झुके
जुही, सिमल पनि छहरासाथ सुके
बारी बगैँचाभरि मुजुर ओइली गए
बाटैमा आँधी चले आशाका मुना उडे
आँखैमा रात गली

बादलको बर्को मुनी सपना सारा जमे
गाजलको धर्को बनी चाहना सारा धुले
परेला तृष्णाजति घुम्तिमा अल्झिदिए
बाटैमा आँधी चले आशाका मुना उडे

Transliterated

Aankhaima raat gali shitma tara dube
Bataima aandhi chale aashaka muna ude
Aankhaima raat gali

Dhupi pipal ani lahara paat jhuke
Juhi, simal pani chhaharasath suke
Bari bagainchabhari mujur oili gae
Bataima aandhi chale aashaka muna ude
Aankhaima raat gali

Badalko barko muni sapana sara jame
Gajalko dharko bani chahana sara dhule
Parela trishnajati ghumtima aljhidie
Bataima aandhi chale aashaka muna ude