Aankhama Lukeko - Daisy Baraili
आँखामा लुकेको - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - January 2006'
Singer: Daisy Baraili
Composer: Chandan Lomjel
Lyricist: Puran Giri

शब्द: पुरण गिरी
गीतकार पुरन गिरी, संगीतकार चन्दन लोम्जेल र गायिका डेजी बराइली दार्जिलिङमा बसेर सांगीतिक सहकार्य त गरिरहेकै छन् साथै गीति साहित्यमार्फत नेपालीभाषाको मझेरी पनि फराकिलो बनाइरहेका छन् ।
Lyrics
Nepali
Transliterated

आँखामा लुकेको समुन्द्र आज
दुई किनारमा बगेर फेरि गयो
पिरतीको साइनो जोडेको थिएँ
कसले कसले फेरि नै तोडिदियो

यो मनको आशा टुटेन फेरि
कसलाई कसलाई पर्खिरह्यो
भाग्यमा प्वाल परेर पनि
यादमा यो मुटु नै कुरिरह्यो

आँखामा लुकेको समुन्द्र आज
दुई किनारमा बगेर फेरि गयो
पिरतीको साइनो जोडेको थिएँ
कसले कसले फेरि नै तोडिदियो
आँखामा लुकेको

बसन्त नआउने जीवनले पनि
किन किन मनलाई किन पर्खाइरह्यो
विश्वासका रेखा मेटेर पनि
सम्झनाले आँखा नै टोलाइरह्यो

आँखामा लुकेको समुन्द्र आज
दुई किनारमा बगेर फेरि गयो
पिरतीको साइनो जोडेको थिएँ
कसले कसले फेरि नै तोडिदियो
आँखामा लुकेको