Agenimaa Aago - Tara Thapa
अगेनीमा आगो - तारा थापा
Singer: Tara Thapa
Composer: Deepak Jangam

सङ्गीत: दीपक जंगम
Lyrics
Nepali
Transliterated

अँगेनीमा आगो बल्दा यो मन किन त्यसै जल्छ
बिहानीको झुल्के घाम एक्लो मन कता जाम

आज किन मंडारिदै कालो बादल लेक पस्यो
उराठिलो मन मेरो गाँउ छोडी मुग्लान पस्यो
देउरालीमा बतास चल्दा यो मन किन बतासिन्छ

पारी पाखा जताततै धुम्मिएको बस्ती भित्र
रुमल्लेको मन बोकी बह पोखु को सित
कलकल बग्ने खोली संगै यो मन किन बगी जान्छ
बिहानीको झुल्के घाम एक्लो मन कता जाम