Aghi Aghi Jindagi - Meena Niraula
अघिअघि जिन्दगी - मीना निरौला
Recorded live during 'Paleti with Dinesh Adhikari - August 2010'
Singer: Meena Niraula
Composer: Nhyoo Bajracharya
Lyricist: Dinesh Adhikari
Original Singer: Lashmit Rai

सङ्गीत: न्ह्यू वज्राचार्य
मूल गायन: लासमित राई
Lyrics
Nepali
Transliterated

अघिअघि जिन्दगी, पछिपछि अझै छु म
हार हो कि जित हो यो ? अझै हिँडिरहेछु म

दुःखसँग भागूँ भने सुख आफ्नो हात छैन
सहूँ भने सहूँ कति ? ढुङ्गाको यो मुटु हैन
छातीभरि आगो बोकी मुस्काउन खोज्दै छु म
हार हो कि जित हो यो ? अझै हिँडिरहेछु म

टीठ लाग्छ कहिलेकहीँ जिन्दगी यो आफैँलाई
मीठो लाग्छ कहिले फेरि चोट पनि आफैँलाई
आँधीबीच उभिएर बत्ती बाल्न खोज्दै छु म
हार हो कि जित हो यो ? अझै हिँडिरहेछु म