Ainai Ainako Rahechha - Robin Sharma
ऐनै ऐनाको रहेछ - रविन शर्मा
Recorded live during 'Paleti with Robin Sharma - May 2010'
Singer: Robin Sharma
Composer: Shakti Ballav
Lyricist: Ajnabi Shah

सङ्गीत: शक्ति बल्लभ
शब्द: अजनबि शाह
Lyrics
Nepali
Transliterated

ऐनै ऐनाको रहेछ यो मेरो घर
रगतको तातोपनाले जोगाऊँ भन्थें
चर्की गयो सब आफ्नै अगाडि
थाहा पाएँ अनि त्यो पानी पो भनेर
ऐनै ऐनाको रहेछ यो मेरो घर

कलिलो यौवन अस्थिर मन सपना धेरै थिए
टुटेर गए एकपछि अर्को म मात्र बाँकी रहें
सहारा लिने ठाउँ खोज्दा म त कता अलमलिएँ
थाहा पाएँ अनि माया दिने कोही पराया बनेछ
ऐनै ऐनाको रहेछ यो मेरो घर

चढाउने थिएन केही छोडेर आफ्ना भावना
हाँसी हाँसी रिझाऊँ भन्थें सबैको माया पाएर
बुझ्न तयार भएनन् कोही व्यथा रहेको दिलमा
थाहा पाएँ अनि मुटु कसैको चिसो पत्थर भएछ
ऐनै ऐनाको रहेछ यो मेरो घर