Alikati Timi Abhiman Chhoda - Yogesh Vaidya
अलिकति तिमी अभिमान - योगेश वैद्य
Recorded live during 'Paleti with Yogesh Vaidya - March 2009'
Singer: Yogesh Vaidya
Composer: Shiva Shankar

सङ्गीत: शिव शंकर
Lyrics
Nepali
Transliterated

अलिकति तिमी अभिमान छोड
अलिकति म अभिमान छोडूँ
हुनसक्छ अँध्यारो जीवनलाई
एक नौलो बिहानीतर्फ मोडूँ

आँखामा यस्तो गाजल छ
तिम्रो हर फूलाको रंगलाई छेकी दिने
आँखामा यस्तो सपना छ
मेरो हर रात उज्यालो देखी दिने
अलिकति तिमी अभिमान छोड
अलिकति म अभिमान छोडूँ

हाम्रै हातमा न हो हाम्रो आफ्नो खुशी
तिम्रो मेरो गतिमै हाम्रो मीठो मिलन
किन यस्तो सजिलो मोडमा पनि
तिम्रो पाउमा थकान मेरो पाउमा जलन
अलिकति तिमी अभिमान छोड
अलिकति म अभिमान छोडूँ
हुनसक्छ अँध्यारो जीवनलाई
एक नौलो बिहानीतर्फ मोडूँ