Andheri Khola - Meena Niraula

अँधेरी खोला - मीना निरौला

Singer: Meena Niraula
Composer: Amber Gurung
Original Singer: Tara Devi

सङ्गीत: अम्बर गुरुङ
मूल गायन: तारा देवी

Lyrics

अँधेरी खोला, अँगेरी टिप्दा हातैमा सर्‍यो नीर न रोई जाने, न धोई जाने यो कस्तो पार्‍यो पीर खेत पनि छैन, घर पनि छैन छ भन्नु एउटै प्यार त्यसैमा पनि खोज्दै छ खसम उसैको अधिकार न खाइसक्ने, न सहिसक्ने यो कस्तो पार्‍यो पिर उता नि लाई मुटुमा सिन्का मर्ममा मलाई पीर सबै र भन्दा पछाडी परी मै बने कमारी रुपैको सिकार खेल्दैछ पापी मैलाई लघारी न झिकिसक्ने, न खपिसक्ने यो कस्तो पार्‍यो पीर अगाडी पारी हानिदे तीर पछाडी पारी पीर रोऊ त भने प्रियको अघि के भनी रोऊ मैं नरोऊ भने मनको पीर कसरी धोऊ मैं न रोई जाने, न धोई जाने यस्तो पार्‍यो पीर न रोई जाने, न धोई जाने यो कस्तो पार्‍यो पीर