अँधेरी खोला, अँगेरी टिप्दा
हातैमा सर्यो नीर
न रोई जाने, न धोई जाने
यो कस्तो पार्यो पीर
खेत पनि छैन, घर पनि छैन
छ भन्नु एउटै प्यार
त्यसैमा पनि खोज्दै छ खसम
उसैको अधिकार
न खाइसक्ने, न सहिसक्ने
यो कस्तो पार्यो पिर
उता नि लाई मुटुमा सिन्का
मर्ममा मलाई पीर
सबै र भन्दा पछाडी परी मै बने कमारी
रुपैको सिकार खेल्दैछ पापी मैलाई लघारी
न झिकिसक्ने, न खपिसक्ने
यो कस्तो पार्यो पीर
अगाडी पारी हानिदे तीर
पछाडी पारी पीर
रोऊ त भने प्रियको अघि
के भनी रोऊ मैं
नरोऊ भने मनको पीर
कसरी धोऊ मैं
न रोई जाने, न धोई जाने
यस्तो पार्यो पीर
न रोई जाने, न धोई जाने
यो कस्तो पार्यो पीर