Andheri Yo - Suman Thapa
अँधेरी यो - सुमन थापा
Recorded live during 'Paleti with Suman Thapa: Songs of Vision - October 2019'
Lyrics
Nepali
Transliterated

अँधेरी यो सुनसान सडकको अँधेरीमा हराउँदै
खोजी रहेछु तिमीलाई म आफूलाई बिर्सँदै
निरस यो तिम्रो शहरको नैराश्यता अँगाल्दै
बोलाई रहेछु तिमीलाई म मौनतासँग रूँदै

सपनीहरू प्यारो हुन्छन् भन्थ्यौ
मलाई सपनीहरू नमिठा लाग्छन्
कल्पनाहरू मीठा हुन्छन् भन्थ्यौ
मलाई कल्पनाहरू नमिठा लाग्छन्

शू्न्य यो तिम्रो संसारको शून्यतामा
हराउँदै हेरी रहेछु तिमीलाई म
शून्यता सम्हाल्दै कृतिम तिम्रो
चाहनाको चाहमा अटाउन
अऊगाल्नेछू तिमीलाई म
सत्यबाट भाग्दै
कल्पनाहरू मीठा हुन्छन् भन्थ्यौ
मलाई कल्पनाहरू नमिठा लाग्छन्
सपनीहरू प्यारो हुन्छन् भन्थ्यौ
मलाई सपनीहरू अप्रिय लाग्छन्

अँधेरीमै तिम्रो साथ रोजेछु
त्यसैले होला अहिले म एक्लै छु
सायद आउँदैन होला बिहानी
तर पनि प्रतिक्षामा बसेको छु