Andhyaaro Din - Suman Thapa
अँध्यारो दिन - सुमन थापा
Recorded live during 'Paleti with Suman Thapa: Songs of Vision - October 2019'
Singer: Suman Thapa
Composer: Aavaas
Lyricist: Kiran Krishna Shrestha

सङ्गीत: आभास
शब्द: किरण कृष्ण श्रेष्ठ
Lyrics
Nepali
Transliterated

अँध्यारो दिन, अँध्यारै रात
पुर्णेमा किन औंसीकै बात

तिम्रो त्यो अँध्यारो अँध्यारोमा पर्दा खोल्नु छ
सुनौलो सुन्दर चन्द्रिका तिमीलाई देखाउनु छ
अँध्यारो रात अँध्यारो बात उज्यालो पार्नु छ
अँध्यारो दिन, अँध्यारै रात
पुर्णेमा किन औंसीकै बात

तिम्रो त्यो ऐनाको धर्म तिमीलाई देखाउनु छ
तिम्रो त्यो कायाको कर्म तिमीलाई देखाउनु छ
उज्यालो दिन गोधूलि साँझ तिमीलाई देखाउनु छ
अँध्यारो दिन, अँध्यारै रात
पुर्णेमा किन औंसीकै बात

एक एक आँखालाई यहाँ स्वःदेश देखाउनु छ
संसार देखाउनु छ
एक एक पाइलालाई यहाँ मूलबाटो टेकाउनु छ
अँध्यारो रात अँध्यारो बात उज्यालो पार्नु छ
अँध्यारो दिन, अँध्यारै रात
पुर्णेमा किन औंसीकै बात