Arabau Manchhe Haruma - Madan Krishna Shrestha
अरबौं मान्छेहरुमा - मदन कृष्ण श्रेष्ठ
Recorded live during 'Paleti with Madan Krishna Shrestha - August 2008'

सङ्गीत: न्ह्यू वज्राचार्य
Lyrics
Nepali
Transliterated

अरबौ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे
म मन मिल्ने मान्छे भेट्दा संसार नै भुल्ने मान्छे

तराजुमा राखेर धेरै पल्ट यो दुनिँयालाई मैले जोखेको छु
सहानुभुतीको आशा गरेर रुदै व्यर्थै वेदना पोखेको छु
देखेर मानिसको मतलवी चाला रुँदारुँदै म रोकेको छु
मलाई सानै चोट लाग्दा पनि तिमी छट्पटाइ हाल्ने मान्छे
अरबौ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे

म निर्धन निर्बल र बेअर्थको पानी बिहिन खोला
म सायद त्यो अस्तित्वहिन मान्छे मेरो महत्व के होला
केहि छिन त तैपनि हाँसेरै जिउछु तिमी साथ भएको बेला
मेरो मृत्यु को खबर सुन्दा यहाँ तिमी एकछोट रुने मान्छे