Aulaaharu Chumera - Meena Niraula
औंलाहरू चुमेर - मीना निरौला
Recorded live during 'Paleti with Aavaas and Meena Niraula - August 2017'
Singer: Meena Niraula
Composer: Aavaas
Lyricist: Bairagi Kaila
Original Singer: Aavaas

सङ्गीत: आभास
शब्द: बैरागी काइँला
मूल गायन: आभास
कवि बैरागी काइँलाले सृजना गर्नुभएको रुमानी गीत 'औंलाहरू चुमेर औंलाभरि सलाम'लाई सबैभन्दा पहिला संगीतज्ञ अम्बर गुरुङले धुन भर्नुभएको थियो । कालान्तरमा यही गीतलाई संगीतकार आभासले सन् 2005 ताका नयाँ धुन भरेर पलेँटीमा अनेकखेप प्रस्तुत गरे जसलाई अगष्ट 2017 मा सम्पन्न पलेँटीमा भने मीनाले गाएकी थिइन् । कवि बैरागी काइँलाको सुस्वाथ्यको कामनाका साथ उही ऐतिहासिक रचना...
Lyrics
Nepali
Transliterated

औँलमहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम

के बिराएँ नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ हत्केलामा थापेँ
ती केश जो लाजमा झुके
मानेँ कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे

के बिराएँ सपनामा आएँ
सपना र विपना पगालेँ
के बिराएँ फूलमा गालेँ
सीमाना र साध नै पगालेँ
मानेँ कि मेरो हजुरलाई
सपनामा रातभरि नीँद लागेन रे