बादल बनाइदेऊ आकार बदल्न सकूँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकूँ
जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी
चुपचाप सहूँ कसरी आफ्नै बदनामी
सस्तो बनाइदेऊ बजारमा चल्न सकूँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकूँ
फेरि चलाऊ गोली घाइते बनाई नराख
चितामा नै जल्न देऊ चिन्तामा जलाई नराख
लाजहीन बनाइदेऊ सडकमा म ढल्न सकूँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकूँ