Baisakhi Banmaa - Ashok Rai
वैशाखी बनमा - अशोक राई
Recorded live during 'Paleti with Ashok Rai - August 2007'
Singer: Ashok Rai
Composer: Ashok Rai
Lyricist: Shantabir Lakandri

गायक: अशोक राई
सङ्गीत: अशोक राई
शब्द: शन्तवीर लकान्द्री
Lyrics
Nepali
Transliterated

वैशाखी बनमा, फूलको श्रृङ्गार, पातको क्रन्दन छ,
नआउने भए भनिदेऊ प्रिये, सम्झना साथी छ
हावाको दल सरर उड़ी, सन्देश के ल्यायो
जन्मेथे एक्लै, मरूँला एक्लै, रोइदिने को छ र !

विह्वल माया उजाड़ मुहार तिमीले देखेनौ
न्याहुल आई, धेरैबेर रोयो, तिमीले सुनेनौ
बिलौना मात्र, हृदयमा मेरो, बनफूल नसम्झ
असिना आइ झरेको फूल यहाँ पो के छ र !

कल्पनाभित्र, सपना देख्छु, तिमीलाई सम्झन्छु
ऐंसेलु खाई गाएको गीत सधैं नै सम्झन्छु
अन्तिम बोली, सुन्नुछ मैले, भनिदेऊ आउँदिन
गएको दिन फर्केर अब कैले पो आउँछ र !

शब्द - स्व० सन्तबीर लकान्द्री
सङ्गीत एवं गायक - श्री अशोक राई
वर्ष १६६०