Banai Khayo Dadhelole - Yogendra Upadhyay
बनै खायो डढेलोले - योगेन्द्र उपाध्याय
Recorded live during 'Paleti with Kali Prasad Rijal: Paleti with Songs and Poems of Kali Prasad Rijal - September 2019'
Singer: Yogendra Upadhyay
Composer: Narayan Gopal
Lyricist: Kali Prasad Rijal
Original Singer: Phatteman

गायक: योगेन्द्र उपाध्याय
सङ्गीत: नारायण गोपाल
शब्द: काली प्रसाद रिजाल
मूल गायन: फत्तेमान
Lyrics
Nepali
Transliterated

बनै खायो डँढेलोले
मन खायो त्यै मोरीको पापी मायाले

बनै खायो डँढेलोले
मन खायो त्यै मोरीको पापी मायाले

आधा राति ब्युँझिएर गाऊँ-गाऊँ लाग्छ
डाँफे सरी बोल हालेर
भोक पनि छैन मलाई तिर्खा पनि छैन
मन बुझाउने के के बारेर
खोला सुक्यो खडेरीले
यो ज्यान सुक्यो बैगुनीको आशै आशले

हसाइँमै दच्कियो कि बरै आँखा मेरो
त्यो मायाको छैन बगर
परेलीमै अल्झियो कि कठै मुटु मेरो
कति राम्रो गर्नी बाचल
बाली लग्यो असिनाले
यो ज्यान लग्यो बैमानीको छिर्के मायाले