Baneko Chha Paharaale - Kumar Subba
बनेको छ पहराले - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba and Karma Yonjan - May 2006'
Singer: Kumar Subba
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated
Translated

बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो,
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने पहाडको छोरो।

खोसेको रोटीले मेरो पेट भरिन्न,
मागेको धोतिले मेरो लाज छोपिन्न।
घोटिएर हात-पाउ झरिजाउन औला,
तर कोई अगाडि मेरो हात जोडिन्न, यी हात जोडिन्न।
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने पहाडको छोरो।

म आगो सहन्छु, अन्याय सहन्न,
म तृष्णा सहन्छु, तिरस्कार सहन्न।
मेरो सिर उडाउ, बरु त्यो सहन्छु,
तर सिर परायाले टेके सहन्न, म टेके सहन्न।
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने पहाडको छोरो।