Baneko Chha Paharale - Meera Rana
बनेको छ पहराले - मीरा राणा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Singer: Meera Rana
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan
Original Singer: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
मूल गायन: गोपाल योन्जन
देशभक्तिलाई केन्द्रमा राखेर संगीत साधक गोपाल योञ्जनले सृजना गरेका गीत नेपाली गीति साहित्यका निम्ति अद्वितीय सम्पत्ति हुन् । हामीले सँधै पुरुष स्वरमा सुनेको योञ्जनको एउटा लोकप्रिय राष्ट्रिय गीतलाई गायिका मीरा राणाले आफ्नो पलेँटीमा यसरी प्रस्तुत गर्नुभएको थियो ।
Lyrics
Nepali
Transliterated

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालकी छोरी

खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपिन्न
घोटिएर घात पाउ झरि जाउन औंला
तर कोही अगाडी यी हात जोडिन्न
बनेको छ..........................

आगो सहन्छु म अन्याय सहन्न
तृष्णा सहन्छु तिरस्कार सहन्न
बरु शिर उठाउ त्यो म सहन्छु
तर कोही परायले टेके सहन्न
बनेको छ...........