Basi Ramro Deurali - Meena Niraula, Suraj Kumar Thapa
बसी राम्रो देउराली - मीना निरौला, सुरज कुमार थापा
Recorded live during 'Paleti with Madhav Prasad Ghimire - February 2009'
Composer: Nati Kaji
Original Singer: Tara Devi, Narayan Gopal

सङ्गीत: नातीकाजी
मूल गायन: तारा देवी, नारायण गोपाल
Composition : Korputare Melody
Lyrics
Nepali
Transliterated

केटा- आऽऽऽऽ
ए बसी राम्रो देउराली त हेरी राम्रो हिउँ
ए मुखै देख्दा मया लाग्ने पर्‌यो कस्तो जिउ
केटी- हे माया मान्न पनि छ कि छैन भनी
मै सोधूँ कसरी ?
केटा समूह- हा हा मै सोधूँ कसरी ?
कटी समूह- हे मै सोधूँ कसरी हो मै सोधूँ कसरी
दुबै समूह- ए माया मान्न पनि छ कि छैन भनी
मै सोधूँ कसरी ?

केटी- आऽऽऽऽ
मेला राम्रो सँगीसाथी बेला राम्रो बैँस
हे हिजै देखेँ सपनीमा आजै भेट्नु रैछ
केटा- ए हुन माया लाग्छ नि छुन मया लाग्छ
मै हेर्छु छक परी
समूह- हा हा मै हेर्छु छक परी
हे मै हेर्छु छक परी हो, मै हेर्छु छक परी
ए हुन माया लाग्छ नि छुन मया लाग्छ
मै हेर्छु छक परी

केटा- आऽऽऽऽ
ए साँची राम्रो रुपै जोवन बाँची राम्रो जुनी
ए बालापन बिटुलिन्छ सिंदूरैले पनि
केटी- हे फूलको छाया फूलमै दिलको माया दिलमै
सँधैभरि सुन्दरी
समूह- हा हा सँधैभरि सुन्दरी
हे सँधैभरि सुन्दरी
ए फूलको छाया फूलमै दिलको माया दिलमै
सँधैभरि सुन्दरी