Batasale Talauma - Aavaas
बतासले तलाउमा - आभास
Recorded live during 'Paleti with Aavaas: Paleti Series: Musical Journey of Aavaas - March 2019'
Singer: Aavaas
Composer: Aavaas
Lyricist: Bikram Subba
Original Singer: Phatteman

गायक: आभास
सङ्गीत: आभास
शब्द: विक्रम सुब्बा
मूल गायन: फत्तेमान
संगीतकार आभासले भरेका धुनको गीति सँगालो- 'फत्तेमा ७०मा' नै गायक फत्तेमानको पहिलो गीति एलबम हो जसमा आभासले भरेका विभिन्न गीतकारका शब्दलाई फत्तेमानले स्वर भर्नुभएको छ । त्यही शृङ्खलाको प्रस्तुत गीत कवि विक्रम सुब्बाको सृजना हो ।
Lyrics
Nepali
Transliterated

बतासले तलाउमा टेकी देला कि
तिम्रो तस्वीर लेखुँ भन्छु मेटी देला कि

सजाएर जूनसँगै राखुँ तिमीलाई
हेरुँभन्दा बादलुले छेकी देला कि
बतासले तलाउमा...

तरेली ले फूल बोकी पङ्ख चालुँ भन्छ
परेलीले सपनीको पात हालुँ भन्छ
बतासले तलाउमा...

सजाएर थुङ्गासँगै राखुँ तिमीलाई
सुवासले स्वर हाली गाई देला कि
बतासले तलाउमा टेकी देला कि
तिम्रो तस्वीर लेखुँ भन्छु मेटी देला कि
बतासले तलाउमा...