Berthai Gayechhu - Daisy Baraili
व्यर्थै गाएछु - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - January 2006'
Singer: Daisy Baraili
Composer: Pratapsingh Lohar
Lyricist: Govinda Ghatani

सङ्गीत: प्रतापसिंह लोहार
शब्द: गोविन्द घतानी
हार्मोनियम बाजा अधिकांश रङ्गमञ्चमा गायनका निम्ति सहायक वाद्ययन्त्र हो तर चन्दन लोम्जेलको हातमा परेपछि भने हार्मोनियम पनि प्रभावशाली र एकल वाद्ययन्त्रका रुपमा देखापर्छ ।
Lyrics
Nepali
Transliterated

व्यर्थै गाएछु यी गीतहरू
आँसुलाई सुरमा भिजाएर
व्यर्थै लाएछु यी प्रीतहरू
आफैलाई गीतमा भूलाएर

भूलिदिन्छि त्यो कथालाई
सपनाको भूल सम्झेर
अर्थ लागेन मायाको मलाई
रित्तो संसारमा
व्यर्थे सहेछु यी घातहरू
आफैलाई पीरमा डुबाएर

बिर्सीदिन्छु त्यो व्यथालाई
कल्पनाको भूल सम्झेर
अर्थ लागेन जीवनको मलाई
रित्तो संसारमा
व्यर्थे खोजेछि यी साथहरू
आफैलाई एक्लो बनाएर
व्यर्थे साटेछु यी प्रीतहरू
आफैलाई घायल बनाएर
व्यर्थै गाएछु यी गीतहरू
आफैलाई एक्लो बनाएर
व्यर्थै गाएछु यी गीतहरू