Bhagyabhanda Karma Thulo - Daisy Baraili
भाग्यभन्दा कर्मै ठूलो - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - April 2010'
Singer: Daisy Baraili
Composer: Sharan Pradhan
Lyricist: Sharan Pradhan
Original Singer: Aruna Lama

सङ्गीत: शरण प्रधान
शब्द: शरण प्रधान
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated

भाग्यभन्दा कर्मै ठुलो भनि सम्झे मैले
घाम पानी झेले मेरै भाग्य होकी भनेर
कोहि भन्छन धनै ठुलो, कोहि भन्छन मन
धन भएको जान्नु के चै ठुलो रहेछ भनेर

दसैँ नंग्री खियाएको कमाई भरि जीवन छ
धन हुनेको लालच धेरै, नहुनेलाई संतोकै छ
चार हात खस्रो, रुमालले लाज ढाक्छ
किन सेखी गर्नु रेशम किन्ने धन छ भनेर

मान्छेलाई बोलि बोल्न दाम त यहाँ कसले दिन्छ
मिठो बोली दुई शब्द नै बोलीदिए धेरै हुन्छ
गुण मात्रै रहन्छ अन्त सम्म संसारमा
मान्छे त सम्झा दुई दिनै को पाहुना भनेर
भोजन भन्दा भोकै मिठो भनि सम्झे मैले
साग सिस्नु खाई संतोकैले रूच्छ भनेर