Bhana Bhanana - Suman Thapa, Aasha Rai
भन भन न - सुमन थापा, आशा राई
Recorded live during 'Paleti with Suman Thapa: Songs of Vision - October 2019'

गायक: सुमन थापा, आशा राई
सङ्गीत: आभास
शब्द: आभास
Lyrics
Nepali
Transliterated

भन भनन जून कस्तो हुन्छ
भन भनन फूल कस्तो हुन्छ
पहाडको, बादलको रंग कस्तो हुन्छ ।

सुन सुनन आँखा छाम्न मिल्छ
सुन सुनन शिखर चुम्न मिल्छ
हृदयको भित्रि रुप रंग कसले बुझ्छ ।

अँध्यारो छ सारा दृश्य सपना छ हलचल
सुन्न खोज्छु भावनाका शब्द मिठा चंचल
बर्षादको बहावको आकार कस्तो हुन्छ
भन भनन संसार कस्तो हुन्छ ।

उज्याला छन् तारा जून, नदी छाँगा छलछल
तर बुझ्ने कसले यहाँ भाका तिनको हरपल
देखदैमा यो संसारलाई कसले चिन्न सक्छ
सुन सुनन क्षितिज कसले छुन्छ ।

सुनेकी छु हिमालको रुप हुन्छ निर्मल
छामेकी छु निराकार पानी बोल्छ कलकल
तर मनका पानाभारी प्रश्न किन खेल्छ
भन भनन बतास कस्तो हुन्छ ।

जीवन बुझ्न खोल्नु पर्छ भन्छन आखा भित्री
सोधनीमै चाल पाइन्छ तिम्रो अन्तरदृष्टि
बाहिरी आँखा खुल्दैमा भित्री कहाँ खुल्छ
सुन सुनन मनमै सबै हुन्छ ।